अपडेट 
२०७६ चैत्र २४, सोमबार १०:०८

जनकपुरधाम । प्रदेश २ मा स्वाब परीक्षण भएको ४३ वटै निगेटिव रहेकोछ । विभिन्न स्थानको क्वारेन्टाइन र आइसोलेशनमा रहेका संदिग्ध १ सय ३ जनाको स्वाब संकलन गरिएको छ ।ती मध्ये ६० जनाको रिर्पोट आउन बाँकी छ ।

प्रादेशिक अस्पताल जनकपुरधाममा परीक्षणका लागि लिएको सेम्पल मध्ये परीक्षण भएको ९ वटै निगेटिव आएको कोरोना द्रुत रोकथाम प्राविधिक समितिका सयोजक समेत रहेका जनस्वास्थ्य प्रशासक विजय झाले जनाए ।

आइतवार बेलुका साढे ७ बजे सम्मको विवरण अनुसार प्रदेश २ मा २७ जनालाई आइसोलेशनमा राखिएकोछ ।शनिवारको तुलनामा आइसोलेशनमा आइतवार बढी रोगीलाई भर्ना गरिएको छ ।शनिवार २२ जना रहेको आइसोलेशनमा आइतवार २७ जना पुगेका छन् ।धनुषामा ७ जना रहेकोमा संख्या बढेर १२ पुगेकोछ ।प्रादेशिक अस्पतालमा रहेको आइसोलेशन १२ बेड नै भरेकोछ ।बाराको कलैया अस्पतालमा आइसोलेशनमा रोगी थपिएको छैन् ।त्यहाँ ९ जना रोगी भर्ना छन् ।

प्रशासक झाका अनुसार क्वारेन्टाइनमा कोरोना संक्रमित संदिग्घको संख्या घटेकोछ ।तर होम क्वारेन्टाइनमा संख्या थपिएको छ ।क्वारेन्टाइनमा ८ सय ६५ र होम क्वारेन्टाइनमा १ हजार ८० रहेका छन् ।

प्रदेश २ मा हाल सम्म १सय ४२ स्थानमा क्वारेन्टाइन राखिएको छ ।त्यसमा २ हजार ९ सय १८ बेड रहेकोछ ।रौतहट जिल्लाको १६ स्थानमा राखिएको क्वारेन्टाइनमा ६ सय १८ बेड रहेकोछ ।पर्सा जिल्लाको १२ स्थानमा बनाइएको क्वारेन्टाइनमा सबै भन्दा कम १ सय ९६ बेड रहेको छ ।प्रदेशमै सबै भन्दा बढी ३१ स्थानमा सप्तरी जिल्लामा क्वारेन्टाइन स्थापना गरिएकोछ । ५ सय ४० बेड रहेको क्वारेन्टाइनमा २ सय ६४ जना छन् ।महोत्तरी जिल्लामा सर्वाधिक ७ सय ७५ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

प्रहरीका अनुसारपनि क्वारेन्टाइनमा ९ सय र होम क्वारेन्टाइनमा ४ सय १९ जना रहेका छन् ।आइसोलेशनमा १७ जना रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता समेत रहेका एसपी जयराज सापकोटाले जनाए ।

लकडाउनको उल्लंघन गरेको अभियोगमा १२ जनालाई नियन्त्रणमा लिएर साँझ प्रहरीले छाडेकोछ ।एसपी सापकोटाका अनुसार २ सय ४ मोटरसाईकल, ७ वटा ठूला सवारी, ५ वटा साना सवारी, ११ वटा रिक्सा, १२ वटा ट्रेक्टर, ११ वटा ठेला र ८ वटा साइकल प्रहरीले नियन्त्रणमा लिएकोछ ।

बीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा १ सय ७६ जना भारतीय प्रहरी नियन्त्रणमा रहेका छन् ।उनीहरु नेपालको बिभिन्न स्थानबाट भारत फर्कन बीरगञ्ज आएका हुन् ।तर दुवै देशमा सीमा बन्द गरिएकाले प्रहरीको निगरानीमा भारतीय नागरिकहरुलाई कलेज परिसरमा राखिएको छ ।

उनीहरुको भोजन लगायतका प्रबन्ध जिल्ला प्रशासन कार्यालय पर्साको संयोजनमा मिलाइएकोछ ।लकडाउन खुलेपछि उनीहरु भारत फर्कने छन् ।

त्यसैगरि महोत्तरी जिल्लाको बर्दिवासमा ३ सयलाई प्रहरी निगरानीमा होम क्वारेन्टाइनमा राखिएकोछ ।विभिन्न क्षेत्रका मजदुरहरु घर फर्किन नसकेपछि उनीहरुलाई घरमै भोजनको व्यवस्था मिलाएर राखिएकोछ ।

भारतबाट हालै फर्केका मुसलमानहरुको खोजीलाई तिव्रता दिइएको छ ।तर आइतवार कोही फेला परेको छैन् ।भारतको नयाँदिल्लीस्थित निजामुद्दिनमा आयोजित मुसलमानहरुको धार्मिक सम्मेलनबाट बाहिरिएका अधिकांश जमातीहरु कोरोना भाइरस संक्रमित रहेका छन् ।त्यसमा सहभागि भएर नेपाल फर्केका मुसलमानहरुको संख्या यकिन भइसकेको छैन् ।हाल सम्म स्वयं कुनै मुसलमान प्रहरी अथवा क्वारेन्टाइनको सम्पर्कमा आएको छैन् ।

मस्जिद र मदरसामा प्रहरी र स्थानीय बासिन्दाले निगरानी बढाएपछि मुसलमानवस्तीहरुमा लुकेको अनुमान गरिएको छ ।भारतमा संक्रमितको संख्या अत्यधिक बढनुको प्रमुख कारण जमातीहरु नै रहेको बताइन्छ ।त्यसले नेपालमा पनि व्यापक त्रास बढाएको छ ।

Comment


Related News

Latest News

Trending News