अपडेट 
२०७६ चैत्र २४, सोमबार १२:२७

जनकपुरधाम, चैत २४ । प्रदेश नं. २को सरकारले कोरोना महामारी नियन्त्रण , रोकथाम तथा उपचारको लागी स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले ४० लाख ७५ हजार रुपैया सहयोग गरेको छ ।
नेपाली काँग्रेसका प्रदेश नं. २ स्थित सबै जिल्ला कार्यसमितिको तर्फ बाट नेपाली काँग्रेस जिल्ला कार्य समिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन ।


चेक हस्तान्तरणको क्रममा नेपाली काँग्रेस प्रदेश नं. २ संसदीय दलका नेता राम सरोज यादव, नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसीया, कोषाध्यक्ष चन्द्रशेखर कुमार यादव सहितको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News