Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७६ चैत्र २४, सोमबार १५:३९

 जनकपुरधाम छिमेकी मुलुक भारतबाट फर्केका एक वडाध्यक्ष क्वारेन्टाइनमा भर्ना भएका छन्। कोरोना भाइरसको आशंकामा जनकनन्दनी गाउँपालिका-२ का वडाध्यक्ष भोगेन्द्र पाठक क्वारेन्टाइनमा भर्ना भएका हुन्।

भारतको मधुवनीबाट आइतवार दिउँसो उनी घर फर्केपछि स्थानीय त्रसित बनेका थिए। इलाका प्रहरी कार्यालय खजुरीमा स्थानीयले वडाध्यक्ष पाठक भारतबाट आएपछि गाउँले त्रसित बनेको खबर गरे। त्यसपछि त्यहाँका प्रहरी निरीक्षक देवेन्द्र रोकायाले उनलाई क्वारेन्टाइनमा राख्नुपर्ने विषयमा गाउँपालिका प्रमुखसँग छलफल गरेका थिए।

स्रोतका अनुसार जनप्रतिनिधिहरुले उनलाई क्वारेन्टाइनमा राख्ने विषयमा सहमति जनाएनन्। तर गाउँलेले दबाब दिएपछि आज विहान वडाध्यक्ष पाठकलाई प्रहरी निरीक्षक रोकायाले क्वारेन्टाइनमा बस्न सुझाए। त्यसपछि उनी जनकनन्दनी गाउँपालिका–४ स्थित उच्चमाध्यमिक विद्यालय खजुरीमा स्थापना गरिएको क्वारेन्टाइनमा भर्ना भएका छन्।

वडाध्यक्षसँगै उक्त क्वारेन्टाइनमा भर्ना हुनेको संख्या ९ पुगेको छ। त्यहाँ २० वेड भएको क्वारेन्टाइन निर्माण गाउँपालिकाले गरेको छ। क्वारेन्टाइनमा वडाध्यक्ष बाहेक ८ जना खाडी मुलु्क र भारतबाट फर्केकाहरु छन्। भर्ना भएका सबैका लागि गाउँपालिकाले खाना र अन्य व्यवस्थापन मिलाएको फोकल पर्सन अयोधी दासले बताए।

Comment


Related News

Latest News

Trending News