Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७६ चैत्र २६, बुधबार २०:१२

जनकपुरधाम। कोरोना भाइरस (कोभिड-१९)बाट जोगिन सरकारले गरेको लकडाउनका बाबजुद पर्साका विभिन्न नाकाबाट २४ घण्टामा २ सय २२ मालबाहक सवारी नेपाल भित्रिएका छन्।

प्रदेश २ का कोरोना गतिविधिबारे जानकारी गराउन सामाजिक विकास मन्त्रालयद्वारा आयोजित ‘मिडिया ब्रिफिङ’मा सचिव रामप्रसाद घिमिरेले विभिन्न नाकाबाट मालबाहक सवारी भित्रिएको विषयमा जानकारी गराए। उनका अनुसार पर्सास्थित सुख्खा बन्दरगाह, एकीकृत भन्सार जाँच चौकी र वीरगन्ज भन्सार लगायतबाट तरकारीसहितका दैनिक उपभोग्य बस्तु र पेट्रोलियम पदार्थ बोकेको मालबाहक गाडीहरुको नियमित रुपमा आवागमन भइरहेको छ।

मूल भन्सार इनर्वा नाकाबाट तरकारी तथा फलफूल बोकेका १८ वटा सवारी नेपाल भित्रिएको सचिव घिमिरेले बताए। उनका अनुसार यो नाका भएर १६ खाली सवारी भारत प्रवेश गरेका छन्। यस्तै सुख्खा बन्दरगाहबाट ३० कन्टेनर र २० वटा मालवाहक ट्रक नेपाल भित्रिएका छन्।

सबभन्दा बढी सवारी एकीकृत भन्सार जाँच चौकीबाट भित्रिएको छ। यो नाकाबाट कूल १ सय ५४ मालवाहक सवारी नेपाल भित्रिएका छन्। जसमध्ये एलपी ग्यासका ४२ वटा, मालबाहक ट्रक ५२ वटा, रिफाइन आयल १८ वटा, पेट्रोलियम पदार्थ ३४ वटा र कन्टेनर ८ वटा छन्। यही नाकाबाट ८८ वटा खाली मालबाहक सवारी भारत प्रवेश गरेका छन्।

‘सीमा नाकाबाट ढुवानीलाई निरन्तरता दिने संघीय सरकारले नै निर्णय गरेको छ,’ सचिव घिमिरेले भने, ‘सोही बमोजिम दैनिक उपभोग्य तथा अत्यावश्यक सामानहरुको ढुवानी निर्वाध रुपमा भइरहेको छ।’

दैनिक जनजीवनलाई आवश्यक पर्ने वस्तुहरुको आपूर्तिमा कुनै समस्या पर्ने अवस्था नरहेको सचिव घिमिरेले स्पष्ट पारेका छन्। उनले आपूर्ति सहज नहोला भनेर चिन्ता नगर्न सर्वसधारणसँग अपिल समेत गरे।

Comment


Related News

Latest News

Trending News