अपडेट 
२०७६ चैत्र २६, बुधबार २०:३६

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाले अति विपन्न परिवारलाई राहत समाग्री वितरण गरेको छ । राहत वितरण गर्नको लागि गाउँपालिकाले मापदण्ड तय गरेको छ । चार जना सदस्य रहेको परिवारलाई चामल सात किलोग्राम, दाल एक किलोग्राम, आलु दुई किलो ग्राम र नुन एक किलोग्राम वितरण गरेको छ ।

६ हजार घरधुरी रहेको गाउँपालिकामा दुई हजार बढी परिवारले राहतको माग गरेको छ । सात सदस्य रहेको परिवारलाई चामल १० किलोग्राम, दाल एक किलो पाँच सय ग्राम, आलु दुई किलो पाँच सय ग्राम र नुन एक किलोग्राम वितरण गरिएको गाउँपालिका अध्यक्ष विन्देश्वर यादवले बताए । यसअघि कोभीड–१९ को संक्रमण जोखिमन्युनिकरण गर्न पालिकाका बासिन्दालाई मास्क, स्यानेटाइजर, हैण्डवाश र साबुन लगायतको समाग्री वितरण गरेको उनले थपे ।

लक्ष्मीनियाँ बजारस्थित लक्ष्मीनियाँ जनता माविमा १० शैय्याको क्वारेन्टाइन समेत संचालनमा ल्याएको छ । क्वारेन्टाइनमा राखिने सम्भावित संक्रमितको स्वास्थ्य जाँच, औषधी, भोजन, खाजा लगायतको व्यवस्थापन गाउँपालिकाले गर्ने प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले बताए । कोरोना भाइरसको संक्रमण पैmलिन नदिन सरकारले लागु गरेको लकडाउनका कारण प्रभावित गरिब, विपन्न, दैनिक मजदुरी गर्नेलाई गाउँपालिकाले राहत वितरण गर्न लागेको हो । संक्रमण जोखिम न्युनिकरण गर्नको लागि सरकारले लागु गरेको लकडाउनको पालना गर्न पालिकाबासीहरुसित अध्यक्ष यादवले अपिल गरेका छन् ।लकडाउन अवधिमा घरमै बसेर सहयोग गर्नको लागि अध्यक्ष यादवले सबैमा आग्रह गरेका छन् ।

Comment


Related News

Latest News

Trending News