अपडेट 
२०७६ चैत्र २७, बिहीबार १६:१९

 काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिर जान दिने निर्णय गरेको हो।

सरकारले उपत्यकामा अलपत्र परेकाहरूलाई राजमार्गको विभिन्न स्टेशनसम्म पुर्‍याइदिने तयारी गरेको छ। छोटो दुरीका यात्रुको हकमा भने के गर्ने भन्ने समितिले निर्णय गरेको छैन। यात्रुहरुर्ला राजमार्गका विभिन्न स्थानसम्म पुर्‍याउनका लागि सुरक्षा निकायलाई परिचालन गरिनेछ। काठमाडौं उपत्याकाबाट बाहिर जानेका लागि खुला गरिए पनि उपत्याका आउन चाहानेलाई भने प्रवेशको अनुमति नदिने निर्णय भएको छ।

सरकारको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत १२ गतेदेखि लकडाउन गरेको छ। पहिलो चरणमा चैच १८ सम्म घोषणा गरिएको लकडाउन चैत २५ र पुन बैशाख ३ गतेसम्म लम्ब्याइएको छ। हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित व्यक्ति फेला परेका छन्। लकडाउनका कारण राजधानीमा अलपत्र परेका कतिपय यात्रु हिँडेर उपत्यकाबाट बाहिरिन थालेपछि सरकारले दुई दिन खुला गरेको हो।

Comment


Related News

Latest News

Trending News