अपडेट 
२०७६ चैत्र २७, बिहीबार १७:२०

विराटनगर ।एनएमबि बैंकले प्रदेश १ सरकारलाई चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ ।

एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक एकसय थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरुपनि आरम्भ गरेको सो क्रममा बैकका प्रदेश प्रमुख घिमिरेले जानकारी दिए ।

उनले महामारी विरुद्घको अभियानमा सरकारको पहलकदमीमा बैक परिवार पनि एकसाथ रहेको बताए । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले सरकारको राहत कोषमा जनउत्तरदायित्व अन्र्तगत नगद, खाध्यान्न तथा आवश्यक चिकित्सकीय सामग्री सहयोग गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News