अपडेट 
२०७६ चैत्र २८, शुक्रबार १३:२१

जनकपुरधाम। प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ग्रामीण विकास लघुवित वितिय संस्थाले अढाईलाख रुपैया सहयोग गरेको छ ।


बैंकको जनकपुर स्थित कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई अढाई लाख बराबरको चेक हस्तान्तरण गरेका हुन ।

यस अघि कोषमा सहयोगी विकास बैंक , एनसीसी बैंक, लक्ष्मी बैंक, नेपाली काँग्रेस प्रदेश नं. २, सिभिल बैंक, मेगा बैंक ,गण्डकी विकास बैंक, कुमारी बैंक ,माछापुछे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक , सिटिजन्स बैंक , सिद्धार्थ बैंक , भाटभटेनी मल लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन ।


प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

Comment


Related News

Latest News

Trending News