अपडेट 
२०७६ चैत्र २८, शुक्रबार १४:५८

सिरहा । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सीमा नाका ठप्प गरिएको बेला पनि लागुऔषधको तस्करी रोकिएका छैन। आज भारतीय बजारबाट लागुऔषध भित्र्याउन लागेका दुई कारोबारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका २ का २५ वर्षीय रविन्द्रकुमार यादव र नराहा गाउँपालिका ५ का २४ वर्षीय रमेशकुमार यादव रहेका छन्। उनी दुवै जनाले स. ८ प. ५६८७ नम्बरको मोटरसाइकलमा लागुऔषध भित्र्याउने क्रममा सिरहा नगरपालिका २ हनुमान चोकबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

उनीहरूको साथबाट नाईट्राभेट ट्याब्लेट ९० पिस, स्पास्मो प्रोक्सिभन ट्याबलेट ७२ पिस र १ सय एमएलको रेफलिन ६९ बोतल बरामद भएको सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। उनले दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको बताए।
अहिले सीमा नाकाबाट आवतजावत रोक्न प्रत्येक २ देखि ३ सय मिटरको दूरीमा सशस्त्र र नेपाल प्रहरी परिचालन भएका छन्। यसबाहेक भारततर्फ एसएसबीसमेत परिचालित छन्। तर पनि भारतबाट लागुऔषध नेपाल भित्रिने गरेको बताइएको छ।

Comment


Related News

Latest News

Trending News