अपडेट 
२०७६ चैत्र २८, शुक्रबार १७:१३

बर्दिवास। कोरोना महामारी विरुद्धको लडाईमा सहयोग पु¥याउने उद्देश्यले महोत्तरी रत्न तथा आभूषण संघद्वारा महोत्तरीको बर्दिवासमा १० थान पीपीइ वितरण गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस अर्थात कोभिड-१९ सँग लड्न फ्रन्टलाईनमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई महोत्तरी रत्न तथा आभूषण संघले पीपीइ वितरण गरेको हो ।

इलाका प्रहरी कार्यालय बर्दिवासमा १ थान, किसाननगर पिएसपीमा १ थान, एम्बुलेन्स चालकलाइ २ थान , सिटी केयर हस्पिटलमा १ थान, सहकारी अस्पतालमा १ थान र डा. इश्वर कार्कीलाइ १ थान गरि जम्मा १० थान पीपीइ वितरण गरिएको महोत्तरी रत्न तथा आभूषण संघका अध्यक्ष सुधिर अग्रवालले बताए ।

Comment


Related News