अपडेट 
२०७६ चैत्र २९, शनिबार १९:१६

जनकपुरधाम। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले लकडाउन लगायतका प्रतिबन्ध हटाए भने कोरोना भाइरसको महामारी झन घातक हुने चेतावनी दिएका छन ।

कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशले लकडाउन लगायत प्रतिबन्ध हटाउन तथा खुकुलो पार्न थालेपछि विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएका हुन । अहिले नै माहामारी रोक्ने उपायहरु अन्त्य गर्दा कोरोना संक्रमण पुनरावृत्ति हुन सक्ने भनेका छन ।

जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेकाले त्यो फुकुवाका लागि हतारो नगर्न सुझाव दिए ।

‘प्रतिबन्ध हतारमा फुकुवा गर्दा संक्रमण पहिलेभन्दा घातक बनेर पुनः फैलिने जोखिम हुन्छ । यदि राम्रोसँग व्यवस्थापन गरिएन भने घट्दो क्रमको संक्रमण झन् जोखिमपूर्ण हुन्छ,’ उनले भने ।

संक्रमण कम हुँदै गएको चीनले लकडाउन खोल्ने तथा प्रतिबन्ध केही खुकुलो बनाइसकेका छन । त्यस्तै कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित देशको सूचीमा पर्ने इटाली र स्पेनले पनि केही प्रतिबन्ध खुकुलो पार्ने प्रयासमा लागेका छन ।

Comment


Related News

Latest News

Trending News