अपडेट 
२०७६ चैत्र ३०, आईतवार ०९:३७

लहान । कोरोना भाइरस कोभिड १९ का कारण विश्वका अधिकांश देश लकडाउनको अवस्थामा गुज्री रहेको छ । त्यसमा पनि युरोप र अमेरिकाको अवस्था अरु देशको तुलनामा निकै नाजुक देखिन्छ। र नेपाल पनि विगत १९ दिन देखि लकडाउनको अवस्थामा छ ।

अहिले विशेष गरि स्वास्थ्य संस्था,सप्लायर्स ,खाद्यान लगायत अति आवश्यक सरकारी निकायहरु मात्र संचालनमा रहेका छन् भने अरु ठप्पै छ। अहिले आम्दानि भन्दा पनि आफु सुरक्षित भएर घरै बस्ने समय हो ।तर स्वास्थ्यकर्मी,सुरक्षाकर्मी ,खाद्यान सामग्री विक्री गर्ने गरोस्री पसलेहरु सेवामा जुटी रहेका छन्।

यसै बीच सिरहाको गोलबजारमा संचालित प्रदेश २ कै पहिलो र एक मात्र सुविधा सम्पन्न एबी मल सिरहा सुपर मार्केट प्रालिले साबुन ,पानि ,सेनीटाइजरको व्यवस्थापन सहित सामाजिक दुरी कायम गरि २ /२ मिटरको दुरीमा गोलो घेरा बनाई देशको सेवामा २४ औ घन्टा तत्पर सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी, संचारकर्मी लगायत अन्य उपभोक्ताका लागि सुलभ दरमा खाद्यान सामग्री उपलब्ध गराई रहेका छन।

एब मलका म्यानेजर पिन्टु राउतका अनुसार लकडाउनको अवस्थामा बजारमा कालो बजारी गर्नेहरुको बिगबिगी बढ्न थाले पछि दैनिक उपभोग्य सामान उपलब्ध गराउने उदेश्यले सरोकार बालाहरुको छलफल पश्चात सामाजिक दुरी र बाहिरै एक -एक पिस समानहरु खाद्यान सामग्रीहरु डीसप्ले गरि ८ जना कर्मचारी खटाई ग्राहक वर्ग लाई भित्र पस्न नदिईकन कुन सामान चाहियो त्यो सामान भित्र बाट ल्याएर हामि सुलभ दरमा उपलब्ध गराई रहेका छौ बताए।

हामि लाई पहिलो दिन व्यवस्थापन गर्न केहि कठिनाई भए पनि अहिले हामि पूर्ण व्यवस्थापनका साथ उपभोक्ताको सेवामा तत्पर रहदै मात्र खाद्यान सामग्री उपलब्ध गराई रहेका छौ।

अहिलेको समयमा विश्व नै कोरोनाको महामारीले त्रसित भएको अवस्थामा यस क्षेत्रका सरोकारवालाहरुले एबी मल माथि विश्वाश गरि सेवा गर्ने मौका दिनु भएकोमा उहाहरु प्रति आभार प्रकट गर्दै कुनै पनि सामानको दररेट बजार मुल्य भन्दा फरक परे नेपाल सरकारको प्रचलित कानुन बमोजिम सजाय भोग्न तयार रहेको दाबि गरे।

Comment


Related News

Latest News

Trending News