अपडेट 
२०७६ चैत्र ३०, आईतवार १५:२९

जनकपुरधाम । प्रदेश २ को बिभिन्न स्थानीय तहमा राहत बितरण गर्न शुरु गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लक डाउन लगाएपछि दैनिक मजदूरी गरेर छाँक टार्दै आएका लागि प्रदेश सरकारले राहत बितरण गर्न रकम पठाएपछि प्रदेश २ को स्थानीय तहहरुमा राहत बितरण गर्न शुरु गरिएको छ । तर, धेरै ठाउँमा राहत बाँड्न शुरु गरिएसँगै विवाद सृजना भएको छ ।

सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ५ गंगाजलीका विपन्न, गरीबहरु ल्कडाउनको उल्लंघन गर्दै शुक्रबार प्रदर्शनमा उत्रे । उनीहरुको गुनासो छ–नगरपालिकाले राहतको नाममा ३ किलोका दरले मात्रै चामल उपलब्ध गरायो ।

शुक्रबारै धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरमा राहत बितरण गर्न गएको वडा कार्यालयको टोलीलाई स्थानीयहरुले धपाए । गाउँका गरीब, विपन्न, मजदूरभन्दा पनि धनी व्यक्तिहरुको नाम राहत पाउने सूचीमा राखिएको भन्दै स्थानीयहरुले बिरोध जनाए । निकै बेरको चर्काचर्कीपछि राहत सामग्री बोकेको ट्याक्टर फिर्ता भयो ।

सप्तरीकै बोदे बर्साईन नगरपालिकामा राहत बितरण गर्न दलिय भागबण्डा गर्न खोज्दा विवाद भएको छ ।

यो नगरपालिकाको वडा नम्बर १ मा राहत वितरणका लागि तथ्यांक संकलन भइरहँदा सयौंको भींड लाग्यो । आफ्नो नाम तथ्यांकमा समावेस नभएको भन्दै जनप्रतिनिधी तथा स्थानीयबीच चर्काचर्की हुँदा प्रहरी नै परिचालन गर्नुप¥यो । यो भिंड नियन्त्रण गर्नका लागि प्रहरीलाई लाठी नै चार्ज गर्नुप¥यो ।

लक डाउनमा समस्यामा परेकालाई राहत बितरण गर्नका लागि प्रदेश सरकारले प्रत्येक गाउँपालिकालाई १०, नगरपालिकालाई १५, उप महानगरपालिकालाई २० र महानगरपालिकालाई रु २५ लाख उपलब्ध गराइसकेको छ ।

प्रदेश २ सरकारले रकम पठाएको झण्डै दुई साता बित्दा समेत अधिकांस स्थानीय तहले राहत बितरण शुरु गर्न सकेको छैन् । शुरु गरिएका राहत बितरण पनि विवादास्पद बनेको छ ।

धनुषाको बटेश्वर गाउँपालिका १ मा राहत बितरण गर्न जाँदा स्थानीयले गरीब, विपन्नभन्दा धनीको नाम संकलन गरेको भन्दै बिरोध जनाए । स्थानीय पुरन महतोले ३ देखि ५ बिघा जग्गा र पक्की घर भएकाकै नाम राहत पाउने सूचीमा राखेपछि आफूहरुलाई बिरोध गर्नुपरेको बताए ।

राहत बितरणको प्रकृया शुरु गरिनै लाग्दा गरीबभन्दा धनीहरुले नै यो लिन पहुँच बढाउन थालेका छन् । जसको उदाहरण सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकालाई लिन सकिन्छ । नगरपालिकाले केहि महिनाअघि बनाएको एक तथ्यांक अनुसार नगरपालिकाको परिवार संख्या १२ हजार देखियो । तर राहत बितरण गर्नका लागि सूची तयार गर्न लाग्दा १४ हजारको नामावली आयो ।

‘घरध्री संख्याभन्दा बढीको लिस्ट आएपछि आश्चर्यमा परें’ नगरपालिका प्रमुख शैलेश साहले भने, “सबै वडालाई पुनः गरीब र विपन्नको नाम संकलन गर्न लगाएको छु ।”

जम्मा घरधुरीमा गरीब र विपन्नको मात्रै छनौट गर्दा धेरै कम संख्या आउने आंकलन नगरपालिकाले गरेपनि कुल घरधुरीभन्दा बढी राहत पाउनेको सूचीमा आएपछि गरीब, विपन्नभन्दा एउटै घरबाट धेरै जनाको नाम आएको छर्लङ्ग भएको छ ।

गरीबभन्दा धनीको नाम बढी आएपछि बटेश्वर गाउँपालिका १ का अध्यक्ष शैलेन्द्र महतोले नामावली संकलनमा त्रुटी भएको स्वीकारेका छन् । उनले यसलाई सच्चयाएर अघि बढ्ने बताए । यद्यपी उनले यो अपजस आफू लिन तयार भएनन् ।‘नामावली स्वयंसेविकाहरुले संकलन गरेका हुन्, तर यसलाई सच्चयाउँछौं’ उनले भने ।

हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख साहले कुल घरधुरीभन्दा बढीको सूची आएपछि त्यसलाई सबै वडामा फिर्ता पठाइएको बताए । उनले केहि वडाले अर्काे सूची पठाउँदा संख्या घटेर आउन थालेको बताए ।

Comment


Related News

Latest News

Trending News