अपडेट 
२०७६ चैत्र ३०, आईतवार १७:२४

जनकपुरधाम। महामारीको रुपमा आएको कोरोना भाइरस नियन्त्रण रोकथाम तथा उपचारका लागि नेपाल भारत महिला मैत्री समाजले प्रदेश सरकारलाई झण्डै दश लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।


समाजका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले उक्त सामग्रीहरु आज मुख्यमन्त्री मा. लालबाबु राउतलाई हस्तान्तरण गर्नु भएको छ ।


मुख्यमन्त्री निवासमा हस्तान्तरण गरिएको उक्त स्वास्थ्य सामग्रीहरुमा पिपिई १५० थान, ग्लोब्स ४ हजार २ सय पचास, सेनिटाइजर पाँच सय एमएलको ८४ बोतेल, स्प्रे टैंक १० र सर्जिकल मास्क २ हजार थान रहेको छ ।


समाजले प्रदान गरेको स्वास्थ्य सामग्रीहरु आजै विभिन्न अस्पतालमा पु¥याइने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

Comment


Related News

Latest News

Trending News