Warning: Trying to access array offset on false in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today 1/functions.php on line 193
२०७६ चैत्र ३०, आईतवार १८:४०

काठमाडौं । बागलुङमा र्‍यापिड टेस्ट किटमार्फत गरिएको कोरोना भाइरस संक्रमणको रिपोर्ट पोजेटिभ देखिएको छ।

आइतबार गरिएको नमुना परीक्षणमा एकजना महिलाको नमुना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले बताए। ‘बागलुङमा आरडिटीमार्फत गरिएको परीक्षणमा एक जना महिलाको कोरोना संक्रमण पोजेटिभ देखिएका कारण पिसिआर प्रविधिबाट परिक्षण गर्नको लागि पोखरा वा काठमाडौं पठाउने तयारी गरिरहेका छौँ’, उनले भने।



आरडिटीमा पोजेटिभ देखिएपनि पिसिआरबाट परिक्षण गरेर मात्रै कोरोना संक्रमण भएनभएको भन्ने पुष्टि हुने जनस्वास्थ्य महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News