अपडेट 
२०७६ चैत्र ३०, आईतवार २१:४९

काठमाडौं। सनराइज बैंक लिमिटेडको को प्रदेश ५ को प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिइ) जम्मा २५ थान प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई औपचारिक कार्यक्रमकाबिच हस्तान्तरण गरेका छन् ।

साथै चैत २८ गते बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थान, धरानका प्राध्यापक डा. गौरी शंकर शाहलाई बैंकका प्रदेश १ का प्रादेशिक कार्यालयको प्रमुख विबेक निरौलाले ३३ थान पिपिइ हस्तान्तरण गरेका हुन् ।

प्रादेशिक कार्यालयका प्रमुख विबेक निरौलाल विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेको बताए ।

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ५ सय वटा भन्दा बढी पिपिइ उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

Comment


Related News