अपडेट 
२०७७ बैशाख १, सोमबार ११:५४

काठमाडौं। सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरले अहिले विश्वलाई नै आक्रान्त बनाएको छ। विश्वका शक्तिशाली मुलुक अहिले यसको चपेटाले थला परेका छन्।

महाशक्तिराष्ट्र अमेरिकामा दैनिक २ हजारले ज्यान गुमाउँदै आएका छन्।  विश्वका शक्तिशाली देशमा अहिले आर्थिक मन्दी छ। भोकमरीको अवस्थामा पुग्न लागेकाे छ। चीनले भने यो भाइरसलाई करिब करिब नियन्त्रणको अवस्थामा ल्याएको छ।

कोरोनाको उद्गम स्थल वुहान अहिले सामान्य अवस्थामा फर्किएको छ। ७६ दिनको लकडाउन खुला भएको छ। चीनले भने विश्वलाई नै स्वास्थ्य सामग्री उपलब्ध गराई रहेकाे छ तर यसले अहिले विश्वका महाशक्तिराष्ट्रलाई उठ्नै नसक्ने अवस्थामा थला पारेका छन्।

चिनियाँ भाइरस भन्दै व्यंग्य गर्ने अमिरिकी राष्ट्रपति अहिले उनको देश अमेरिकामै भाइरस नियन्त्रण गर्न नसक्ने अवस्थामा छ। जर्मनीले त अमेरिकाले मास्क नै लुटेर लगेको आरोपसमेत लगाएको छ। भारतसँग अमेरिकाले औषधिका लागि मोदीसँग सहज गराउन माग गरिरहेका छन्। 

विश्वका दश देशमा जो शक्तिशाली र सम्पन्न छन् ती देशमा भाइरसबाट ज्यान गुमाउनेको संख्या एक लाख भन्दा बढी नाघेको छ। अमेरिका, चीन, इटाली, बेल्जियम, इरान, स्पेन, फ्रान्स,बेलायत जर्मनी र नेदरलयाण्डमा मृत्यु हुनेको संख्या १ लाख १ हजार चार सय २ छ।  अमेरिकामा २२ हजार १ सय १५ ले ज्यान गुमाएका छन्।

त्यस्तै इटालीमा १९ हजार ८ सय ९९ को ज्यान गएको छ। त्यस्तै स्पेनमा १७ हजार २ सय ९ मृत्यु भइसकेको छ।  फ्रान्समा १४ हजार ३ सय ९३ जनाको मृत्य भएको छ।

अर्को शक्तिशाली देश बेलायमा मृतकको संख्या १० हजार ६ सय १२ छ। बेलायत पछि इरानमा ४ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ। बेल्जियममा ३६ सयको मृत्यु भएको छ भने चीनमा ३३ सय ४१ र नेदरल्याण्डमा २७ सय ३७ जनाको मृत्यु भएको छ।  यी १० देशमा संक्रमित हुनेको संख्या १२ लाख ८१ हजार ३ सय २७ छन्। अमेरिकामा मात्रै संक्रमितको संख्या साढे ५ लाख छ। 

Comment


Related News