Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७७ बैशाख १, सोमबार १२:२२

काठमाण्डाै।खाडीका देश र मलेसियामा सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेकाे छ । जसमध्ये ४४ कोरोना सङ्क्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ । ५ जना निकाे भएर काममा फिरेका छन् ।

यी देशमा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार २ सय १६ पुगेको छ । ४ हजार ६४३ जना उपचार पछि निको भएको छ भने, १४ हजार ४०८ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म बहराइनमा २२, यूएईमा ११, साउदीमा ४, कुवेतमा ११ र मलेसियामा १ जना गरी जम्मा ३९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे छ । जसमध्ये साउदीमा तीन र यूएईमा दुई गरी पाँच जना निको भएर काममा फर्किएका छन् । अरु ३४ को अस्पतालमा उपचार भइरहेको छ ।

खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले त्यहाँकाे सरकारले पनि सुरक्षा सतर्कता बढाएको छ । तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस् ।

विश्वका दुई सय १० देशका १८ लाख ५३ हजार १५५ जनामा सङ्क्रमण फैलिसकेको छ । एक लाख १४ हजार २ सय ४७ जनाको ज्यान गएको छ भने चार लाख २३ हजार ६२५ जना निको भएका छन् ।

नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी :

सङ्क्रमित सङ्ख्या : २९ सय ७९ ज‍ना ।

निको भएर घर फिरेकाहरु : २७५ जना ।

अस्पतालमा उपचाररत : २६ सय ९७ जना ।

मृतकको सँख्या : ७ जना ।

दूतावासकाे सल्लाह:

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोबाइल तथा एपको प्रयोग गर्नुहोस् ।

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कतारमा कार्यरत श्रमिकलाई कुनै समस्या परे सम्पर्क गर्न कतारले ९२७२७ नम्बरको हटलाइन व्यवस्था गरेकाे छ । याे नम्बरमा सर्म्पक गरेर समस्या राख्ननुहाेस् ।

बाहिर निस्कंदा सावधानी अपनाउनुहोस् । कतार सरकारले निषेध गरेको ठाउँमा नजानुहोस् ।

कतारले कोरोना सङक्रमण रोकथामका लागि मस्जिदहरुको बाहिर, घरमा कुनै पनि प्रकारको सामाजिक समारोह, जमघट, सामाजिक भेटघाट, समवेदना तथा श्रदाञ्जली सभा, समुद्री किनार तथा तटमा जान, कर्नेश एरिया, सार्वजनिक पार्कहरुमा जान तथा भेटघाट गर्न प्रतिबन्ध लगाएको छ ।

कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् । कोरोना सङ्क्रमण देखिएमा निःशुलक उपचार हुन्छ ।

कोरोनाको कारण अलग बस्दा, क्वारेण्टीनमा बस्दा वा उपचारमा रहँदा पनि कतारले सबै श्रमिकलाई आधारभूत तलब र भत्ता दिनेछ।

Comment


Related News

Latest News

Trending News