अपडेट 
२०७७ बैशाख १, सोमबार १७:५०


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । आइतबार तीन जनामा कोरोना भेटिएकोमा सोमबार फेरि दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वाव काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सोमबार पोजिटिभ रिपोर्ट आएको बताउनुभयो ।

रौतहट जिल्लाको एक क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवा र कैलालीको लम्की–चुहाकी ६५ वर्षीय महिलामा महिलामा संक्रमण पुष्टि भएको उहाले जानकारी दिनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको र स्वास्थय अवस्थामा सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन । सेती प्रादेशिक अस्पताल धनगढीमा पाँचजना, नारायणी अस्पताल वीरगन्जमा तीनजना तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र बाग्लुङमा दुई दुई जनाको उपचार भईरहेको प्रवक्ता देवकोटाले बताउनुभयो । मन्त्रालयका अनुसार हाल ५२ जिल्लामा र्यापिट किटबाट परिक्षण सुरु भइरकेको छ । अहिले ७१६६ जना क्वारेन्टाइनमा, १०३ आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै २ सय २६ जना रेड जोनमा छन् ।

Comment


Related News

Latest News

Trending News