२०७७ बैशाख २, मंगलवार १४:३९

जनकपुरधाम। तब्लिगी जमात भनेको मुस्लिम समुदायमा रहेका मानिसहरुलाई सहि इस्लाम

सीकाई अन्धविश्वासलाई हटाउन सिकाउनु हो।यो कुनै धर्मप्रचारक जमात(समुह) होईन। यो तब्लिगी जमात मुस्लिम समुदायमा नै सिमीत छ। यस तब्लिगी जमातमा रहेका मुस्लिमहरुले के के सिक्छन त?? यसमा रहेका मुस्लिमले ईमान आस्था, नमाज, कहिले झुठो नबोल्नु, धुम्रपान तथा मदिरापान जस्ता बस्तु नखानु,मानिसहरु सङ्ग राम्रो मानवता को व्यहार, सहि समाज को वातावरण बनाउनु , दाईजो प्रथा निर्मुल पार्नु, आमा बुबाको स्याहर गरेर स्वर्ग जाने बाटो बनाउनु , त‌था समाजिक आदार ।

अरु यस्ता धेरै कुरा हरु छन् जुन् कि भन्न साध्य छैन, सबै धर्म( हिन्दु, इसाई, बौद्ध) यस्तो जमात बनाई काम गरिरहेका छन् र यस्तै राम्रा कुराहरु सिकाई रहेका छन् । जुन् कुरा नौलो होइन् तर अहिलेका मिडियाहरु समाजमा भ्रम तथा विवाद फैलाउने काम गरिरहेका छन । हालै घटेका घटना हेरि जमातीहरु आएर कोरोना फैलाएको भनी हल्ला फैलाएको कुरा ईन्डियन मिडियाहरुले भनी रहेका छन्। यसै बिच हाम्रो देश नेपालमा कैयौं राष्ट्र बाट जमातहरु आएका थिए ।

अनि यसै बिचमा अचानक कोरोनाको महामारी फैलियो।अचानक हाम्रो सरकार द्वारा LuckDown को घोषणा गरियो। जसबाट कैयौं Tourist हरु हाम्रो देश नेपालमा फसेका छन् , जसमा जमातीहरु पनि छन् ,तर उनीहरुलाई लुकेका भनेर हल्ला फैलाइरहेका छन् ।

के यो हाम्रो समाजमाको नराम्रो कुराहरु न्याल्ने शक्ति हराएकै हो त??? यो महामारी कुनै धर्म बाट फैलिएको होइन। यो covid19 कुनै जातजातिलाई विषेश होइन । यसले सबै लाई सङ्क्रमित बनाउन सक्छ यदि सतर्कता अपनाईएन भने। त्यसैले घरमा रहौ सुरक्षित रहौ र Lockdown लाई सफल पारी सरकारलाई सहयोग गरौ।

Comment

Related News

Latest News

Trending News