अपडेट 
२०७७ बैशाख २, मंगलवार १४:४९

रौतहट । नेपालका १६ जना कोरोना संक्रमितमध्ये आधाजसोमा लक्षण नै नदेखिई संक्रमण भएको छ। पछिल्लो पटक आइतवार र सोमबार संक्रमित कैलालीकी ६५ वर्षीया वृद्धा र रौतहटका १९ वर्षीय युवकमा लक्षण नै नदेखिई कोरोना भएको हो।

कैलालीको लम्कीचुहा नगरपालिका-१ भुरुवाकी ६५ वर्षीया वृद्धाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालको आइसोलेसन कक्षमा उनीसँगै अन्य चारजना कोरोना संक्रमित बिरामीको उपचार हुँदैछ। ती वृद्धामा कुनै पनि लक्षणबिना नै कोरोना भाइरस ‘पोजेटिभ’ देखाएको छ। कोराना भाइरस (कोभिड-१९) को संक्रमण देखिएकी ती वृद्धामा कुनै लक्षणबिना कोरोना ‘पोजेटिभ’ देखिएको हो।

यसअघि धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीय महिलामा पनि लक्षणबिना नै कोरोनाको संक्रमण देखाएको थियो।  कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यत: रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउँदै आएका छन्।

  तर, सोमबार अस्पतालमा भर्ना भएकी ती वृद्धामा कोरोनाको कुनै लक्षण नदेखिएको अस्पतालका प्रवक्ता तथा आकस्मिक विभागका प्रमुख डा. जगदीश जोशीले जानकारी दिए। ‘हिजो भर्ना गरिएकी कोरोनाको कुनै लक्षण देखिएको छैन। उनमा उच्च रक्तचाप (प्रेसर) को भने समस्या देखिएको छ,’ अस्पतालका प्रवक्ता जोशीले भने, ‘अस्पतालमा उपचाररत अन्यमा पनि कोरोनाको खासै लक्षण देखिएको छैन।’  सुदूरपश्‍चिममा पहिलो संक्रमण देखिएका धनगढी उप-महानगरपालिका ५ ३४ वर्षीय युवक युवकलाई अहिले पनि सामान्य खोकी लाग्‍ने गरेको छ। उनीबाहेक अन्य चारजना संक्रमतिमा कुनै समस्या र कोरोनाको लक्षण नरहेको अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले जानकारी दिए। वीरगञ्‍जमा परिवारसहित चिया पसल गर्दै आएकी उनी चैत १८ गते बिहान त्यहाँबाट कैलाली आइपुगेकी थिइन्।

यसअघि श्रीमान, एक नाति र नातिनी र उनी गरि ४ जनालाई लम्कीचुहा नगरपालिकास्थित लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।  उनमा र्‍यापिड टेष्टबाट कोरोना परीक्षण गरिएको थियो। तर उक्त परीक्षणमा संक्रमण नेगेटिभ देखिएपछि २८ गतेबाट घरमै बस्न पठाइएको थियो। पछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा उनमा कोरोना ‘पोजेटिभ’देखिएको थियो। उनलाई भेटेका ५४ जनालाई अहिले क्वारेन्टाइनमा राखिएको छ। उनीसँगै वीरगञ्जबाट आएका २६ र क्वारेन्टाइनबाट घर पुगेपछि उनलाई भेटेका थप २८ सहित ५४ जनालाई क्वारेन्टाइनमा राखिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार उनीहरूलाई सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ। रौतहटका युवकमा पनि  रौतहटको क्‍वारेन्टाइनमा बसेका युवकमा पनि कोरोना भाइरसको लक्षणबिना नै संक्रमण दिएको स्वास्थ्यकर्मीले बताएका छन्।  इशनाथ नगरपालिकाको क्‍वारेन्टाइनमा राखिएका ती युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सोमबार कोरोना पोजेटिभ पाइएको हो । ती युवामा कोरोना भाइरसको कुनै लक्षण देखा नपरेको गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण साहले बताएका छन ।

उनका अनुसार लक्षणबिना पनि कोरोना संक्रमण हुन सक्छ। इशनाथ नगरपालिका-५ मोतिपुर निवासी १९ वर्षीय ती युवकमा रुघा, खोकी, ज्वरो केही पनि नदेखिएको डा. साहले जानकारी दिए । १६ दिनअघि दिल्लीबाट आएका मुस्लिम समुदायका ती युवाको उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्‍ज लगिएको छ।  उनीसँगै दिल्लीबाट आएका अन्य तीनजनाको रिर्पोट नेगेटिभ आएको डा. साहले बताए ।

चैत्र १६ गते राति आएका ती युवक आफनै घरमा बसेका थिए। घरमा रहेका उनका बुवा आमा, भाइ, बहिनी लगायत शंकास्पद १० जनाको र्‍यापिड टेष्ट गर्दा कोरोना नेगेटिभ आएको उनले जानकारी दिए।  यता  स्थानीयतहसँग सहकार्य गरेर स्वाब परीक्षणको रिर्पोट आइसकेपछि कोरोना नेगेटिभ देखिएका र अवधि पुगेकालाई घर फर्काउने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन्।

Comment


Related News

Latest News

Trending News