Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७७ बैशाख २, मंगलवार १७:३२

जनकपुरधाम। बागमती प्रदेशको मुकाम हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका २० जनाको स्वाब परीक्षण रिपोर्ट आएको छ। सोमबार वीरगञ्जका ३८ जनाको स्वाब परीक्षणको लागि हेटौंडा ल्याइएको थियो।

वीरगञ्जमा ३ जना भारतीयलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेका सोही क्षेत्रका अन्य थप ३८ जनाको स्वाब परीक्षण गरिएको हो। मंगलबार वीरगञ्जका २० जनाको स्वाब परीक्षणको रिर्पोट आएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकृत डा. पुरुषोत्तम सेढाईले जानकारी दिए।

उनका अनुसार सबैजनाको पिसिआर परीक्षणबाट आएको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ। बाँकी अन्यको स्वाब परीक्षण भइरहेको उनले बताए। वीरगञ्जका ३८ जनासहित ४१ जनाको आज रिपोर्ट आउने उनको भनाइ छ।

वीरगञ्जका जालिम मुखियासहित उनको परिवारका सदस्यहरूको पनि स्वाब परीक्षणका लागि हेटौंडाको प्रयोगशालामा ल्याइएको प्रयोगशालाले जनाएको छ। उनको रिपोर्ट आउन बाँकी छ। मुखियाले भारतमा कोरोना संक्रमण फैलाउने षडयन्त्र गरेको भारतीय संचारमाध्ययमहरुले भ्रामक आरोप लगाएका थिए।

हेटौंडाको कोरोना परीक्षण प्रयोगशालाले हालसम्म १ सय ४९ जनाको पिसिआर परीक्षण गरिसकेको छ। मंगलबार दिउँसोसम्म १ सय २५ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। यसअघि वीरगञ्जमा बस्ने ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको थियो।

Comment


Related News

Latest News

Trending News