अपडेट 
२०७७ बैशाख ३, बुधबार १०:३३

काठमाण्डौं । काठमाण्डौंमा एक व्यक्तिको गएराति उपचार नपाएर ज्यान गएको छ ।

कोरोनाको संकेत देखिएको भन्दै अस्पतालले लिन नमान्दा अन्दाजी ४५ वर्षीय पुरुषको उपचार नपाएर आज बिहान करिब ३ बजेतिर ज्यान गएको हो ।

मृतकका छोराले राति काठमाण्डौंको कमलपोखरीस्थित हिमाल अस्पताल लगे पनि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले कोरोनाको लक्षण देखिएको भन्दै छुनसमेत मानेनन् । त्यसपछि बिरामी छटपटिँदा छटपटिँदै मृत्यु भयो ।

सरकारले बिरामीको उपचार नगरे कारबाही गर्ने चेतावनी दिएको छ छ । तर, अधिकांश निजी अस्पतालले कोरोना बाहेकका बिरामीको समेत उपचार गर्न मानेका छैनन् ।

मृतक बिरामीको परिचय खुल्न बाँकी छ । उनलाई रुघाखोकी लाग्नुका साथै श्वास फेर्न गाह्रो भएपछि बोकेरै अस्पताल लगिएको थियो ।

परीक्षणबिनै कोरोना हुन सक्ने भन्दै मृतकको शव उठेको छैन ।

Comment


Related News