Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७७ बैशाख ३, बुधबार १३:०३

सप्तरी । मंगलबार आरटिडी परिक्षणका क्रममा दुई जनामा कोरोना संक्रमण देखिएपछि पछि सप्तरीका दुई स्थानीय तह सिल गरिएको छ ।

दुवै स्थानीय तहमा पूर्णरुपमा आवतजावत बन्द बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्लाको खडक नगरपालिका र तिलाठी कोईलाडि गाउँपालिका सिल गरिएका छन् ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराज सप्तरीमा मंगलबार र्‍यापिड टेस्ट गर्दा खडक नगरपालिका ११ का ५१ वर्षीय र तिलाठी कोईलाडि गाउँपालिका १ का ५४ वर्षीय पुरुषमा कोराना पोजेटिभ देखिएको थियो।

उनीहरुलाई अस्पतालको आईसोलेसनमा राखिएको छ ।

Comment


Related News

Latest News

Trending News