Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख ३, बुधबार १९:१३

सुनसरी। सुनसरीको एक मस्जिदमा १० जना बंगाली रहेको खुलेको छ । भोक्राहा नरसिंह गाउँपालिका-५ टपरामा रहेको खतिजन कुव्रा मस्जिदमा १० जना बंगाली भेटिएका हुन् ।

मुस्लिम संघ प्रदेश १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले दिएको जानकारी अनुसार उक्त मस्जिदमा आश्रय लिएर १० जना बसोबास गर्दै आएका थिए ।

मस्जिदमा बस्दै आएको जानकारी पाएपछि स्वास्थ्यकर्मीहरुको टोलीसहितले बुधबार स्वास्थ्य परीक्षण गरी सुरक्षित रुपमा क्वारेन्टाइनमा एकजना कुरुवाको जिम्मा लगाइ पठाएको छ ।

उक्त मस्जिदबाट ४२ वर्षीय अब्दुल शेख, ३५ वर्षीय साहिदा बिबी, ४२ वर्षीय सवुल, ४० वर्षीय मुसानेहा, ५५ वर्षीय हजेयामुद्दिन, ५० वर्षीय अलिया बिबी, ५० वर्षीय खुटुवुद्दिन, ४५ वर्षीय साजेदा बिबी, ४० वर्षीय अफाजुल र ३२ वर्षीय अरजुमन बिबीको स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा पठाइएको हो।

Comment


Related News