अपडेट 
२०७७ बैशाख ४, बिहीबार ०७:५४

बर्दिबास । रोटरी क्लव बर्दिबास महोत्तरी र धनुषाका अस्पताल तथा स्वास्थ्य चौकीमा खटिएका स्वास्थ्यकर्मीलाई पिपिई वितरण गरेको छ । बर्दिबास नगरभरीका सरकारी स्वास्थ्य चौकी र धनुषास्थित लालगढ कुष्ठरोग सेवा केन्द्रलाई  १० थान पिपिई वितरण गरिएको हो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारी विरुद्ध लड्नमा स्वास्थ्यकर्मीहरुलाई सुरक्षा समाग्री पिपिई वितरण गरिएको रोटरी क्वल बर्दिबासका अध्यक्ष शम्भू भट्टराईले जनाए ।

बर्दिबास, किसानगर, माइस्थान र धनुषाको मिथिला नगरपालिकास्थित लालगढ कुष्ठरोग सेवा केन्द्रलाई पनि दुई थान पिपिई क्लवले उपलब्ध गराएको छ ।

 प्रदेश सभा सदस्य सारदा थापा, क्लवका दिपेन्द्र पराजुली लगायतले स्वास्थ्यकर्मीले पिपिई वितरण गरेका थिए ।

Comment


Related News