Warning: Trying to access array offset on false in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख ४, बिहीबार ०८:०५

काठमाडौं। अमेरिकामा अस्पतालले भर्ना लिन नमानेपछि १ नेपालीको कोठामै मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विगत ३ हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधबार बिहान मृत्यु भएको हो।

कोरोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको बताइन्छ।



मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन्। सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे। मल्ल नेपालमा प्रहरी सेवामा थिए।

पवनकुमारको आफ्नो मान्छे बताउने पद्यमा प्रधानले प्रहरीले आवश्यक सूचना लिएर केही समयपछि मृत्युदर्ता लिन आउनु भनेको जानकारी दिएकाे खबर अन्नपूर्ण पाेष्ट दैनिकमा छ ।

Comment


Related News

Latest News

Trending News