Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७७ बैशाख ४, बिहीबार ०८:०८

काठमाडौं । अमेरिकामा विगत २४ घण्टामा २ हजार चार सय ७९ जनाको मृत्यु भएको छ। कोरानाको इपिसेन्टर बनेको अमेरिकामा अहिले सम्म ज्यान गुमाउनेको संख्या २८ हजार पाँच सय २६ पुगेको छ। वल्डोमिटरले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकामा एकै दिन

३० हजार भन्दा बढी संक्रमित थपिएका छन्। अमेरिकामा कुल संक्रमितको संख्या ६ लाख ४४ हजार ५५ पुगेको छ। सबै भन्दा धेरै न्यूयोर्कमा ११ हजार पाँच सय ८६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै न्यूयोर्क पछि न्यूजर्सीमा ३ हजार भन्दा बढीको ज्यान गएको छ।

न्यूयोर्कमा २ लाख १४ हजार संक्रमित छ। अमेरिकामा अहिलेसम्म ४८ हजार मानिस निको भएर घर फर्किएका छन्। अमेरिका पछि फ्रान्समा यसको महामारी भयावह हुँदै गएको छ। फ्रान्समा एकै दिन १४ सय ३८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या १७ हजार १ सय ६८ पुगेको छ।  इटालीमा २१ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै स्पेनमा १८ हजार ८ सय १२ जनाको मृत्यु भएको छ। बेलायतमा पनि मृतकको संख्या १२ हजार ८ सय ८६ पुगेको छ। त्यहाँ ९८ हजार चार सय ७६ जना संक्रमित छन्।  विश्वभर मृत्यु हुनेको संख्या १ लाख ३४ हजार पाँच सय आठ पुगेको छ। २० लाख ८१ हजार भन्दा बढी मानिस संक्रमित छन्। त्यस्तै पाँच लाख नौ हजार भन्दा बढी मानिस निको भइसकेका छन्। 

Comment


Related News

Latest News

Trending News