अपडेट 
२०७७ बैशाख ४, बिहीबार ०८:२२

वीरगन्ज  पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाको छपकैयामा कोरोना भाइरसको संक्रमित ३ जना फेला परेपछि आम जनतामा त्रास बढदै गएको छ । वीरगन्ज लगायत आसपासका कतिपय गाउटोलवासीहरु स्वफुर्त रुपमा बन्दाबन्दीलाई कडा पारेका छन् ।गाउ टोल प्रवेश गर्ने मुख्य बाटोहरुमा बासको अवरोध खडागरि गाउमा प्रवेश निषेधको सुचना राखेर आउजाउमा रोक लगाएका छन ।

कारोनाको संक्रमितहरु वीरगन्जको छपकैया स्थित यतिमखानाबाट भेटिएपछि छपकैयालाई स्थानिय प्रशासनले सिल गरेकोछ ।सिल गरिएपछि आम जनजिवन प्रभावित भएको छ । दैनिक उपभोग्य सामग्रीको कमिले गर्दा जिवन व्यतितगर्न कठिन भएको स्थानियहरुले गुनासो गर्न थालेका छन । पर्सा क्षेत्रनम्बर १का सांसद प्रदिप यादवले प्रेस विज्ञप्ती जारी गरी छपकैयामा अबिलम्ब सहयोग गर्न सरकारसग माग गरेका छन् ।

साँसद यादवले जीवन रक्षाका लागि खाद्यान्न आपुर्ती र रेपिड टेस्टको मांग गरेका छन् ।सांसद यादवले वीरगन्जको छपकैयास्थित मस्जिदसंगै रहेको यतिमखानामा बसेका ३ जना भारतीय मुस्लिम धर्मप्रचारकहरुमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पुष्टि भएपछि स्वभाविक रुपमा मानिसहरुमा भय ब्याप्त रहेकाले प्रहरी , प्रशासनले आवश्यक कडाई अख्तियार गरेको अवस्था छ ।

छपकैया क्षेत्र यतिखेर सिल गरिएको हुनाले त्यहाँ आवतजावत बन्द छ । आवश्यक बस्तुको पसलहरु बन्द भएकाले सावधानीको दृष्टीकोणले प्रशासनिक कदम आवश्यक भएपनि त्यसबाट सृजित संकटहरु समाधानका लागि उनले सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन् ।

‘ उक्त क्षेत्र सिल भएपछि अत्यावश्यक बस्तुको अभाव त्यहाँ सिर्जना भई सयौं मानिसहरु भोकमरीको मुखमा पुगेका छन् ’ उनले भनेका छन्, इन्धन, खाद्यान्न र जीवन धान्ने अन्य अत्यावश्यक बस्तुको अभावले मानिसहरुको जीवन अत्यन्त कष्टकर बनेकोछ ।

Comment


Related News

Latest News

Trending News