Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७७ बैशाख ४, बिहीबार ०९:१४

विराटनगर। प्रदेश १ मा पहिलोपटक झापाका एक युवामा र्यापिड डाइग्नोस्टिक टेस्ट ( आरडिटी) गर्दा कोरोना पोजेटिभ देखिएको छ।

एक महिनाअघि दुबईबाट घर फर्केका ती युवाको बुधबार गरिएको आरडिटी परीक्षणमा रगतमा एन्टिबडी फेला परेको गाँउपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए। अध्यक्ष लिङ्देनका अनुसार र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि ती युवकसहित परिवारका चार सदस्यको स्वाब संकलन गरेर विराटनगरस्थित कोशी अस्पतालको कोरोना अस्पताल ल्याबमा ल्याइएको छ।

विराटनगरको कोशी अस्पतालमा पिसिआर प्रविधिबाट स्वाब परीक्षण भएपछि मात्र उनमा कोरोना भए नभएको यकिन हुनेछ। वैदेशिक रोजगारका क्रममा दुबईमा रहेका युवक एक महिना अगाडि फर्किएका थिए। उनी घरमै क्वारेन्टाइनमा बसेका थिए।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष लिङ्देनले ती युवाको परीक्षण गर्दा शंकास्पद नतिजा देखिएको भन्दै सचेत हुन सबैलाई आह्वान गरेका छन्। आरडिटीमा पोजिटिभ हुनेबित्तिकै स्वाब परीक्षणको परिणाम पनि पोजिटिभ नहुने यसअघि देखिसकेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय झापाले हल्दिबारीमा ५५ जनाको आरडिटी गरेको छ। त्यहाँबाट १९ जनाको थ्रोट स्वाब संकलन गरी कोशी अस्पताल विराटनगर पठाएको कार्यालयको भनाइ छ।

हल्दिवारी गाउँपालिकामा विदेशबाट आएका ४ जना क्वारेन्टाइनमा र ५१ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन्। हल्दिबारीमा ७० जनाभन्दा बढी व्यक्ति दुबई, कतार, मलेशिया, बराइन, ओमन लगायतका देशबाट फर्किएका रहेको गाउँपालिकाले जनाएको छ। 

Comment


Related News

Latest News

Trending News