अपडेट 
२०७७ बैशाख ४, बिहीबार १७:४५

 जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खाडी मुलुकमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारसँग माग गरेका छन् ।

आज सामाजिक सन्जाल फेसबुकमार्फत पूर्वउपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका उनले खाडी मुलुकमा विचल्लीमा परेका नेपालीलाई स्वदेश फर्काउन माग गरेका हुन्। उनले अहिले भारत, मलेसिया, कतार, कोरिया, युएई, साउदी अरबलगायत मुलुकमा रहेका नेपाली मातृभूमिमा आउन चाहे पनि सरकारले कुनै चासो नलिई बेवास्ता गरिरहेको गुनासो गरेका छन्।

‘लगभग ६० लाख नेपालका नागरिक विदेश (भारत बाहेक)मा काम गरिरहेका र उनीहरूले नै पठाएको रेमिट्यान्सको भरमा देश चलेको छ,’ उनले भनेका छन्, ‘कूल बजेटको लगभग २३ प्रतिशत रेमिट्यान्सले नै ओगटेको छ। तर, सरकारले उनीहरुलाई ल्याउन कुनै चासो नलिई बेवास्ता गरिरहेको छ।’

उनले नेपालीलाई स्वदेश नफर्काउनु दु:खद र गैरजिम्मेवार काम भएको बताएका छन्। उनले कोरोना भाइरसले विश्वमा आतङ्‍क मच्चाइरहेको सन्दर्भमा नेपाल सरकारले खाडी मुलुकबाट आफ्नाे नागरिक फर्काउन नसकेकोमा चिन्ता ब्यक्त गरेका छन्।

Comment


Related News

Latest News

Trending News