अपडेट 
२०७७ बैशाख ४, बिहीबार २०:५२

जनकपुरधाम । प्रदेश २ का ८ वटै जिल्लामा र्यापिड टेष्ट किट (आरडीटी) को माध्यमबाट बिहीबारसम्म ६ सय ७३ जनाको परिक्षण गरिएको छ । त्यसमध्ये २ जनाको रिजल्ट पोजेटिभ आएको छ भने ६ सय ७१ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाईरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेष्ट अन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा २९ अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८, कञ्चनपुर नगरपालिकामा ३२, हनुमाननगर गाउँपालिकामा २१, महादेवा गाउँपालिकामा ६, बोदेवरसाइन नगरपालिकामा १०, बलान बिहुल गाउँपालिकामा १३, तिलाठी कोइलाडी गाउँपालिकामा ५०, खडग नगरपालिकामा १८, राजगढ गाउँपालिकामा २, डाक्नेश्वरी गाउँपालिकामा २ र छिन्नमस्ता गाउँपालिकामा ४ गरि जम्मा २ सय ५ जना शंकास्पद व्यक्तिको आरडीटी टेष्ट गरिएको छ ।त्यस्तै सिरहाको सिरहा अस्पतालमा ३, नवराजपुर गाउँपालिकामा ५, गोलबजार नगरपालिकामा ६, कर्जन्हा नगरपालिकामा १७,नरहा गाउँपालिकामा २ र अर्नामा गाउँपालिकामा १७ गरि जम्मा ५० जनाको आरडीटी टेष्ट गरिएको हो ।


धनुषाको १८ वटा स्थानीय तह मध्ये गणेशमान चारनाथ नगरपालिकामा ९ र मिथिला नगरपालिकामा ९ गरि जम्मा १८ जनाको मात्र आरडीटी टेस्ट गरिएको छ भने महोत्तरीको औरही नगरपालिकामा १३,बलवा नगरपालिकामा १५,गौशाला नगरपालिकामा ६ र सोनमा गाउँपालिकामा ४ गरि जम्मा २६ जनाको र्यापिड टेष्ट सम्पन्न भएको छ ।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ५०,हरिपुर नगरपालिकामा २ र कोडैना नगरपालिकामा ५ गरि कुल ५७ जनाको र्यापिड टेस्ट किट मार्फत परिक्षण गरिएको हो । प्रदेश २ मा सबैभन्दा बढि रौतहटमा २ सय ८ जनाको र्यापिड टेष्ट किट मार्फत जाँच गरिएको छ । जहाँ चन्द्रपुर नगरपालिकामा २९,कटहरिया नगरपालिकामा ३३,इशनाथ नगरपालिकामा ८०,परवाहा नगरपालिकामा ३०,गरुडा नगरपालिकामा १०,बौद्धिमाई नगरपालिकामा २२ र फतवा विजयपुर नगरपालिकामा ४ गरि जम्मा २ सय ८ जनाको र्यापिड टेस्ट किट मार्फत टेष्ट गरिएको हो ।


त्यस्तै बाराको आदर्श कोतवाल गाउँपालिकामा २,सुवर्ण गाउँपालिकामा १३,सिम्रौनगढ नगरपालिकामा ५,महागढीमाई नगरपालिकामा ८,पचरौता नगरपालिकामा ७ र कलैया उपमहानगरपालिकामा १४ गरि ४९ जनाको आरडीटी परिक्षण सम्पन्न भएको सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा।रामप्रसाद घिमिरेले बताए । पर्साको छिपहरमाई गाउँपालिकामा १३,पकहा मैनपुर गाउँपालिकामा ५, कालिकामाई गाउँपालिकामा ३,पटेर्वा सुगौली गाउँपालिकामा १२,पर्सागढी नगरपालिकामा १२ र धोबीनि गाउँपालिकामा ३ गरि जम्मा ४८ जनाको आरडीटी टेष्ट गरिएको उनले बताए ।डा.घिमिरेले र्यापिड टेष्टमा कोरोनाले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा मात्र परीक्षण हुने भएकाले उनीहरु सबैको पीसीआर परीक्षण समेत गरिने बताए । र्या्पिड टेष्ट किट (आरडीटी) परीक्षणका लागि प्रदेशका ८ वटै जिल्लामा विज्ञसहितको ४ वटा टोली खटाइएको छ ।२/२ जिल्लामा गरि १/१ वटा टोलीलाई खटाइएको हो । टोलीमा मेडिकल डा।जनस्वास्थ्य विज्ञ, विश्व स्वास्थ्य संगठनको प्रतिनिधि र ल्याब टेक्निसियनहरु रहेको सचिव घिमिरेले जानकारी दिए ।अहिलेसम्म प्रदेश २ मा ५ सय ३५ जनाको स्वाब संकलन भएकोमा ४ सय ५४ जनाको नतिजा नेगेटिभ आएको छ भने ४ जना पोजिटिभ बिरामीको उपचार भइरहेको छ । ७७ जनाको नमुना परीक्षण हुने क्रममा रहेको छ ।

Comment


Related News

Latest News

Trending News