Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७७ बैशाख ५, शुक्रबार ०९:१८

जनकपुरधाम। प्रादेशिक अस्पताल जनकपुरमा सञ्चालनमा आएको प्रादेशिक जनस्वास्थ्य प्रयोशलालाई भोलेन्टियर्स कार्प नेपालले ‘कोभिड-१९ स्वाव बुथ’ हस्तान्तरण गरेको छ। सामाजिक अभियन्ता सरोज रायको पहलमा बिहीबार बुथ हस्तान्तरण गरिएको हो।

स्वास्थ्यकर्मीको सुरक्षाको मध्यनगर गर्दै ‘कोभिड-१९ स्वाव बुथ’ हस्तान्तरण गरिएको अभियन्ता रायले जानकारी दिए। ‘अहिले मानव जातिको एउटै दुश्मन कोरोना भाइरस हो। यो भाइरसविरुद्ध अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मी लडिरहेका छन्। त्यसैले सर्वप्रथम स्वास्थ्यकर्मीलाई पर्याप्त स्रोतहरूको साथ सुरक्षाको पूर्ण ग्यारेन्टी गर्नुपर्छ। तर त्यस्तो नदेखिएले बुध हस्तान्तरण गरेका छौं,’ उनले भने।

जनस्वास्थ प्रयोगशालाको निमित्त निर्देशक विनय साहका अनुसार स्वाव परीक्षण गर्ने स्वास्थ्यकर्मीको लागि चाहिने पीपीईको मूल्य करिब १० देखि १५ हजार पर्छ। तर आवश्यकताअनुसारको आपूर्ति भने भइरहेको छैन। यस्तो अवस्थामा यो बुथ अति नै उपयोगी हुने उनले बताए।

त्यस्तै स्वाव परीक्षण गर्ने मेडिकल टेक्नोलोजिस्ट उदय यादवले बुथ आएपछि स्वाव परीक्षण सहज भएको र आफूहरु पनि सुरक्षित हुने बताए।

Comment


Related News

Latest News

Trending News