Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७७ बैशाख ५, शुक्रबार १७:४९

काठमाडौं । चैत ११ देखि जारी लकडाउनका कारण सडकमा कष्टकर यात्रा गर्न बाध्य पैदलयात्रीको उद्धारबारे निर्णय लिन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्‍वर पोखरेलेसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। 

सिंहदबारमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सकेपछि लकडाउनका कारण अफ्ठेरोमा परेका कयौं यात्रीको उद्धार या क्‍वारेन्टाइनमा राखेर खाने बस्‍ने व्यवस्थामध्ये एक निर्णय लिन पोखरेलसहितको टोली बालुवाटार पुगेको हो।

‘बालुवाटारमा समितिका सदस्ययहरुले सडकमा कष्टकर यात्रा गरेर घर हिँडिरहेका यात्रुको उद्धार गरी घर पुर्‍याउने या जहाँ जहाँ पुगेका छन्, त्यहीँ खाने बस्‍ने व्यवस्थासहित क्‍वारेन्टाइनमा राख्‍नेबारे निर्णय लिनेबारे छलफल भइरहेको छ’, स्रोतले भन्यो, ‘काठमाडौंमा खानेकुरा सकिएर घरतर्फ लागेका यात्रुको पीडादायी अवस्थालाई लिएर चर्को जनदबाब परेकाले उद्धार गरी गन्तब्यमा पुर्‍याउने गरी आजै निर्णय आउने सम्भावना छ।’

यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्माहाङ्फेले हजारौं सर्वसाधरण सडकमा कष्टकर यात्रामा रहँदा सरकार चुप लागेर बस्‍न नहुने भन्दै उद्धार गरेर घर पुर्‍याउनुपर्ने प्रस्ताव राखेकी थिइन्।  मन्त्री तुम्बाहाङ्फेले लकडाउनका कारण सवारीसाधन नचलेर काठमाडौं उपत्यकाबाट पैदलै बाहिरिएका मानिसहरुको उद्धार गरी घरसम्म पुर्‍याइदिनुपर्ने प्रस्ताव कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्‍वर पोखरेलेसमक्ष गरेकी थिइन्।

उनले कयौं दिनको पैदल यात्रा छिचोल्दै घरतर्फ हिँडिरहेका महिला र बालबालिकालाई पहिलो प्राथकितामा राखेर उद्धार गरी घरसम्म पुर्‍याउने प्रस्ताव गरेपछि समितिमा पनि यसबारेमा छलफल भएको थियो। तर यसबारेको निर्णय प्रधानमन्त्रीसँगको छलफलपछि मात्रै लिन लागिएको हो। 

काठमाडौंमा खानेकुरा सकिएपछि मानिसहरु अहिले पैदलै चर्को गर्मीमा सडक यात्रामा छन्। गर्भवतीदेखि वृद्धवृद्धासम्म सडक यात्रामा निस्केको दृश्य पीडादायी छ।

यसबारेमा चाँडो निर्णय लिन सरकारमाथि दबाब परिरहेको छ। शुक्रबार मात्रै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदजुरले सडकमा पीडादायी यात्रा गरिरहँदा सरकार रमिते बनेको जनाउँदै खाना बस्न व्यवस्था मिलाउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्। 

Comment


Related News

Latest News

Trending News