अपडेट 
२०७७ बैशाख ७, आईतवार ०९:४१

सप्तरी। सप्तरीमा भारतबाट फर्केका जमातीको सम्पर्कमा आएकामध्ये एक वृद्धको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ।

सप्तकोसी नगरपालिका-१, फत्तेपुरका एक ७५ वर्षीय वृद्धको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो। जमातीसँग सम्पर्क भएकाहरुको पहिचान गरी परीक्षण गर्दा वृद्धको आरडिटी रिपोर्ट पोजेटिभ आएको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डाक्टर चुमनलाल दासले जानकारी दिए।

आरडिटी रिपोर्ट पोजेटिभ आएका वृद्ध, उनको श्रीमती र छोरालाई गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। ती वृद्धको श्रीमतीको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको अस्पताल प्रमुख डा. दासले बताए। उनका अनुसार उनीहरुको पिसिआर मेसिनबाट कोरोना परीक्षण गरिनेछ।

आरडिटी पोजेटिभ देखिएका वृद्ध, उनको श्रीमती र छोराको स्वाव संकलन गरी परीक्षणका लागि आज धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरेको छ।

सप्तकोशी नगरपालिका वडा नम्बर १ र ४ का केही ब्यक्ति भारतको नयाँ दिल्लीमा भएको तबलिगी जमातमा सहभागी भएर फर्केका थिए। सोही कारण ती क्षेत्रका ७४ जनाको आरडीटी परीक्षण गरिएको छ। तीमध्ये ७३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

Comment


Related News

Latest News

Trending News