जनकपुरधाम । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा महालक्ष्मी बैंकले सहयोग गरेको छ ।
महालक्ष्मी बैंकले प्रदेश राहतकोषमा चार लाखको सहयोग गरेका छन । बैंकका जनकपुर स्थित प्रतिनिधिहरुले आज विहान मुख्यमन्त्री लालबाबु राउतले चार लाख बराबरको चेक हस्तान्तरण गरेका हुन ।
प्रदेश राहत कोषमा प्रदेशमा शाखा संचालन गर्दै आएका प्रायः बैंकहरुले सहयोग गरेका छन भने केही समाजिक संस्था र उद्योगपतिहरुले समेत सहयोग गरेका छन ।
राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरेका छन ।