अपडेट 
२०७७ बैशाख ७, आईतवार १५:२३

जनकपुरधाम ।  सडकमा पैसा फालेर भागेकी महिलाको कोरोना भाईरसको पिसिआर रिपोर्ट निगेटिभ आएको छ ।

प्रदेश प्रशिक्षण प्रयोगशालाका निमित्त निर्देशक डाक्टर रामविनय साहले आरडीटी रिपोर्ट पोजेटिभ आएको महिलाको पिसिआर रिपोर्ट निगेटिभ आएको सेतोपाटीलाई जानकारी दिए । उनले भने ‘हिजो प्रहरीले पक्राउ गरेको महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आएपनि पिसिआरमा उनीहरुको रिपोर्ट निगेटिभ भेटिएको छ, त्यसैगरी सर्लाहीका १४ वर्षीय बालकको पिसिआर रिपोर्ट समेत निगेटिभ नै आएको छ ।’


शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ महाबीर चोकस्थित सडकमा दुई जना महिलाले पैसा फालेर भागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । रहस्यमयी तरिकाले पैसा फालेको भेटिएपछि धनुषा प्रहरीले हिजो दिउसो करिब साढे दुई बजेतिर नातामा नन्द र भाउजु पर्ने दुबै महिलालाई मस्जिद नजिकबाट पक्राउ गरेको थियो । पक्राउ गरिएका दुबै जनाको तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना भाईरसको संक्रमण हुन सक्ने भन्दै र्यापीड टेष्ट गरिएको थियो । जसमा उनीहरुको रिपोर्ट पोजेटिभ भेटिएको थियो ।

Comment


Related News

Latest News

Trending News