Warning: Trying to access array offset on false in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख ७, आईतवार २०:४५


लहान । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड – १९) सम्बन्धि सामाजिक संजाल मार्फत अपवाह फैलाउने एक जना लाई सिरहा प्रहरीले पक्राउ गरेका छन् ।

‘नेपालमा कोरोनाको संख्या ४९ पुग्यो’ भनेर सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने सुरेश कुमार कर्ण फेसबुक आइडी भएका व्यक्तिलाई आइतबार दिनको १२ बजेर २५ मिनेटमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभएको छ।



उनलाई कोरोना बारे सामाजिक सञ्जालमा अपवाह फैलाएको भन्दै लक्ष्मीपुर पतारी गाउपालिकामा नियन्त्रणमा लिएर अहिले सुखिपुर ईलाका प्रहरी कार्यलयमा राखिएको जिल्ला प्रहरी कार्यलय प्रहरी प्रमुख चतुर्वेदीले बताउनु भयो।

पक्राउ परेका कर्णले आइतबार बिहान सामाजिक सञ्जालमा ‘‘नेपालमा कोरोनाको संख्या ४९ पुग्यो’,भनेर सामाजिक सञ्जालमा लेखेका थिए । सामाजिक सञ्जालमा गलत हल्ला फैलाएर भ्रम सिर्जना गर्न खोजेकाले उनलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। प्रहरीले थाहा पाए पछि कर्णले त्यो पोष्ट डिलिट गरेका थिए।

Comment


Related News