Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख ७, आईतवार २२:२०

जनकपुरधाम । प्रदेश-२ का आर्थिक मामिला तथा योजना मन्त्रालयले विभिन्न १४ वटा खर्च शीर्षकको बजेट रोक्का गरेको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि बजेट अभाव भएकाले १४ शीर्षकको बजेट रोक्का गरिएको हो। रोक्का गरिएको शीर्षकको बजेट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि खर्च गरिने बताइएको छ।

मन्त्रालयका शाखा अधिकृत राजनकुमार झाले मन्त्रीस्तरीय निर्णयबमोजिम बजेट रोक्का गरेको पत्र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएका छन्। पत्रमा भनिएको छ, ‘२०७७ बैशाख ७ सम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आव्हन भइसकेको बाहेक बाँकी रहेको बजेट तत्काल लागू हुने गरी मन्त्रिस्तरीय निर्णयअनुसार रोक्का गरिएको छ।’

सवारीसाधन, मेसिनरी तथा ‍औजार, फर्निचर तथा फिकचर्स, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवम् अन्य बौद्धिक सम्पत्ति प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति खर्चसहितका शीर्षकको बजेट रोक्का गरिएको हो।

Comment


Related News

Latest News

Trending News