Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७७ बैशाख ८, सोमबार ०८:५९

भारत भारतमा पछिल्लो २४ घण्टामा साढे १२ सय कोरोना भाइरसका नयाँ बिरामी थपिएका छन् भने थप ३८ जनाको मृत्यु भएको छ। शनिबारको तुलनामा आइतबार भारतमा कोरोनाका नयाँ बिरामी कम देखिएका छन्।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार आइतबार भारतमा १ हजार २ सय ५० जना कोरोना भाइरसका नयाँ संक्रमित देखिएका थिए भने ३८ जनाको मृत्यु भएको थियो। शनिबार एकैदिन भारतमा २ हजार १३ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। सोही दिन भारतमा कोरोनाका कारण ३५ जनाको मृत्यु भएको थियो।

हालसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय १५ पुगेको छ भने ५ सय ५९ जनाले ज्यान गुमाइसकेका छन्। भारतमा २ हजार ८ सय ५४ जना कोरोनाका बिरामी उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्।

अहिले भारतमा १४ हजार २ सय २ जना कोरोना भाइरसका बिरामी उपचारत छन्, जसमध्ये १३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। भारतमा पछिल्ला दैनिक एक हजारभन्दा बढी कोरोना भाइरसका नयाँ बिरामी थपिदै आएका छन्। 

Comment


Related News

Latest News

Trending News