अपडेट 
२०७७ बैशाख ८, सोमबार ०९:३०

जनकपुरधाम।  विपन्न परिवारलाई प्रदेश नम्बर २ सरकारले वडामार्फत घरमै राहत पुर्‍याउने गरी निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गरीब र विपन्न परिवारलाई दोश्रो चरणको राहत वितरणका लागि वडामार्फत वितरण गर्ने योजना अघि सारेको हो ।

पहिलो चरणमा प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमा राहत पु¥याउने योजना ल्याएको छ ।

स्थानीय तहहरुले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरुको लिष्टको आधारमा प्रदेश सरकारले जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरिद गरि प्याकेट तयार गरेरै लिष्टसहित वडालाई जिम्मा लगाउने र त्यहाँबाट वितरण गरिने निर्णय गरेको हो ।

साथै सो राहत प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारलाई वडाले वितरण गरिसक्नुपर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषदको बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैयाँ निकासा गरेको छ ।

उक्त रकमले थप पिसिआर मेसिनसहितका अन्य उपकरणहरु खरिद गरिने जनाइएको छ ।

साथै बैठकले पर्साको नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोनाको बिरामीको उपचार गर्र्ने व्यवस्थापन मिलाउन ५० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

Comment


Related News

Latest News

Trending News