अपडेट 
२०७७ बैशाख ८, सोमबार १०:२४

सिरहा । प्रदेश २ का आर्थिक मामिला तथा योजना मंत्री विजय यादवले कोरोना भाइरसको संक्रमणबाट जोगिन आफ्नो निर्वाचन क्षेत्रमा मास्क र साबुन वितरण सुरु गरेका छन् ।

सिरहाको निर्वाचन क्षेत्र २ ‘ख’बाट मंत्री यादव निर्वाचित सांसद हुन् । उक्त क्षेत्रमा पर्ने १९ वटै वडा कार्यालय मार्फत मंत्री यादवले मास्क र साबुन वितरण सुरु गरेका छन् ।

संसदीय विकास कोषको रकमबाट प्रति परिवार ६ मास्क र एक हात धुनें लाइब ब्वाई साबुन वितरण सुरु गरिएको मंत्री यादवले बताए । आइतबार औरही गाउपालिका ४ र ५ मा मास्क र साबुन वितरण गरिएको छ । औरही गाउंपालिका ५ का वडाध्यक्ष दिलिप यादवले मंत्री यादवले उपलब्ध गराएको मास्क र साबुन करिब १३ सय परिवारलाई बाडेको जानकारी दिए ।

मंत्री यादवले अन्य वडामा पनि वितरण गर्न तत्काल ५ हजार मास्क र १ हजार साबुनका दरले सबै वडाका वडाध्यक्षलाई उपलब्ध गराएका छन् । वितरण गर्दा अपुग भएका थप साबुन र मास्क उपलब्ध गराउने उनले बताए ।

Comment


Related News

Latest News

Trending News