अपडेट 
२०७७ बैशाख ८, सोमबार १४:०२

काठमाडौं ।  सरकारले तत्काल लकडाउन नखोल्ने जनाएको छ । कोरोना भाइरसबाट छिमेकी मुलुक भारत आक्रान्त बनिरहेका बेला नेपालमा लकडाउने खोल्न नसकिने सरकारले प्रष्ट पारेको हो ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संक्रमितको अवस्था हेरेर लकडाउनबारे निर्णयमा पुग्ने बताए । मन्त्री पोखरेलले भारतमा कोराना संक्रमित बढिरहेकाले तत्काल नेपालमा लकडाउने नखुल्ने बताए । यस्तै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पनि तत्काल लकडाउन नखोल्ने प्रष्ट पारिसकेका छन् ।

‘१५ गते पछि के हुन्छ भन्ने विषय कुनै राजनीतिक विश्लेषण गरेर दिने फैसला र निर्णय होइन । संक्रमणले निर्धारण गरेको गम्भीरता कुन मात्रामा देखापर्छ, कसरी देखापर्छ त्यसकै आधारमा लकडाउनको टुंगो लाग्छ’, उनले भनेका छन्, ‘भारतसित हाम्रो अलग जिओपोलिटिकल रिलेसन छ, खुल्ला सीमाको अवस्था छ । भारतमा कोरोनाभाइरसको संक्रमण रहुन्जेल, यो सीमा सिलबन्दी खोल्नु हुँदैन । त्यसैले भारतमा कोरोना भाइरसको संक्रमण रहुन्जेल हामीले भारतसँगको सीमा खोल्नुहुन्न ।’

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । उपदयपुरमा एक पटक १२ जनामा कोरोना संक्रमित भेटिएका थिए । यस्तै संक्रमितमध्ये ४ जना डिस्चार्ज भइसकेका छन् ।

Comment


Related News