अपडेट 
२०७७ बैशाख ९, मंगलवार ०९:०१

काठमाडौं । भारतमा पछिल्लो चौबिस घण्टामा ९ सय २४ जना नयाँ कोरोना भाइरस (कोभिड-१९)का बिरामी थपिएका छन्। सोही समयमा भारतमा ३३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको छ। पछिल्ला दिन भारतमा दैनिक एक हजारको हाराहारीमा कोरोना भाइरसका नयाँ बिरामी थपिदै आएका छन्।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतले सोमबारसम्म कूल ४ लाख १ हजार ५ सय ८६ जनामा कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण गरेको छ। ४ लाख बढीको स्वास्थ्य परीक्षण गर्दा हालसम्म भारतमा १८ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, जसमध्ये ५ सय ९२ जनाको मृत्यु भइसकेको छ।

भारतको मुम्बईमा नेपाली एकै परिवारका ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। संक्रमित सबै नेपालीको मुम्बईको अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

भारतमा सोमबारसम्म कोरोना भाइरसका कूल संक्रमितमध्ये ३ हजार २ सय ७३ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। हालः भारतमा १४ हजार ६ सय ७४ जना कोरोना भाइरस संक्रमित उपचारत छन्।

Comment


Related News