अपडेट 
२०७७ बैशाख ९, मंगलवार ०९:२८

काठमाडौं । कलैया उपमहानगरपालिकाका वडाहरूले कुहिएको दाल राहतमा वितरण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, बाराले ५ जना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।

यसरी नियन्त्रणमा रहेकाहरुमा वडा नं १ का वडाध्यक्ष हरिओम साह, वडा नं ७ का वडाध्यक्ष सफिल्लाह अन्सारी, वडा नं १३ का वडाध्यक्ष राजन प्रसाद कुर्मि, वडा नं २६ का वडाध्यक्ष महेश साह, वडा नं ११ का वडाध्यक्ष सर्वुनारायण चौधरी रहेका छन् ।

कुहिएको दाल खरिद गरिएको यादव आईस एण्ड कोल्ड स्टोरका कर्मचारी कृष्णप्रसाद यादव र कोल्डस्टोरमा दाल स्टोर गर्ने उद्योगी तेजकरण जैन रहेका छन् ।  जैनलाई काठमाडौँको कीर्तिपुरबाट नियन्त्रणमा लिईएको हो भने अन्य सबैलाई निजहरुकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News