अपडेट 
२०७७ बैशाख ९, मंगलवार ०९:४८

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा अहिलेसम्म एक लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म एक लाख ७० हजार ४ सय ३९ जनाको मृत्यु भएको छ । त्यस्तै २४ लाख ८१ हजार ५ सय ४१ जना संक्रमित भएका छन् भने ६ लाख ४७ हजार ७ सय ४३ जना निको भएर घर फर्किइसकेका छन् ।

नेपालमा हालसम्म कोरोनाका संक्रमित संख्या ३१ पुगेको छ । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।

यो भाइरसका कारण सबैभन्दा धेरै अमेरिकामा ४२ हजार ५ सय १७ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या सात लाख ९२ हजार ९ सय १३ पुगेको छ ।

न्युयोर्कमा मात्र १८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या दुई लाख ५३ हजार २ सय रहेको छ । इटालीमा २४ हजार एक सय १४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ८१ हजार २ सय २८ पुगेको छ ।

त्यस्तै स्पेनमा मृतक संख्या २० हजार ८ सय ८५ जनाको मृत्यु भएको छ र दुई लाख २ सय १० जना संक्रमित भएका छन् । फ्रान्समा २० हजार २ सय ९२ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार ४ सय ८० जनामा संक्रमण भएको छ ।

बेलायतमा १६ हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने एक लाख २५ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।

छिमेकी राष्ट्र भारतमा अहिलेसमम ५ सय ९२ जनाको मृत्यु भएको छ भने १८ हजार ६ सय १ जना संक्रमितको संख्या छन् । त्यस्तै चीनमा ४ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८२ हजार ७ सय ५८ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News