Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७७ बैशाख ९, मंगलवार १२:२९

काठमाडौं । नेपाल तरुण दलले सरकारले सोमवार जारी गरेको अध्यादेश आपत्तीजनक र गैह्रजिम्मेवार अभिव्यक्तिको संज्ञा दिएको छ ।

साथै उक्त अध्यादेश रास्ट्रपतिबाट पारित हुनु संविधानको मर्म बिपरित, गलत राजनीतिक अभ्यासले अस्थिरता संगै लोकतन्त्र धरापमा पर्न सक्ने हुँदा देश र नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्थाको चित्रण भएको तरुण दलले जनाएको छ ।

मंगलवार एक विज्ञप्ती जारी गर्दै तरुण दल अध्यक्ष जितजंग बस्नेतले मुलुक अधिकानवाद तर्फ गएको संज्ञा दिएका छन् । अध्यक्ष बस्नेतले भनेका छन्, “संसद छल्दै सरकारले पेश गर्ने र राष्ट्रपतिले सदर गर्ने गरी ल्याईएका अध्यादेशहरुले अस्थिरता निम्तिनेतर्फ मुलुक गएकोमात्र नभई प्रतिपक्षी दल बिना नै काम गर्न खोज्ने सरकारी रणनीतिले कम्युनिष्टले जितेमा मुलुक अधिनायकत्वतिर लम्किन्छ भन्ने कांग्रेसको निर्बाचन अगाडीको आँकलन सहि हुँदै गएको देखिएको छ ।”

त्यस्तै देश, जनता र लोकतन्त्र विरोधी विधेयक फिर्ता नलिए लोकतन्त्र र नेपाली जनताका पक्षमा आन्दोलनको जस्तोसुकै आँधिबेहरी ल्याउन समेत पछि नपर्ने चेतावनी तरुणदलले दिएको छ ।

Comment


Related News

Latest News

Trending News