Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७७ बैशाख ९, मंगलवार १४:०२

   सिरहा । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका भित्र राहत वितरणमा चरम लापरबाही भएको हुनाले समाजवादी पार्टी कर्जन्हाले सोमबार प्रेस बिज्ञप्ती निकालेको छ।

कर्जनहाका समाजवादी पार्टीका कार्यकर्ताहरुले प्रेस बिज्ञप्ती निकालेर मेयर गंगा पासवानको काखा र पाखा गर्ने मनोबिज्ञानको पर्दाफास गरेको छ। स्थानिय नेता, कार्यकर्ताद्वारा निर्माण गरिएको सर्वदलिय समिति अनुसार मेयर पासवानले आफ्नो आसेपासेलाई राहत उपलब्ध गराएर बिपन्न वर्गमाथी ठुलो अन्याय गरेको आरोप समाजवादी पार्टीका नेता श्री किशुन यादवले लगाएका छन ।

यता प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ कि विश्वव्यापी महामारीको रुप लिएको नोबेल कोरोना भाइरस नेपालमा पनि देखा परिरहेको सन्दर्भमा नेपालको संघीय, प्रदेश र स्थानीय तिनै तहका सरकारले रोकथामको लागि विभिन्न उपायहरु अपनाइ रहेको छ र नेपाल २९ दिनदेखि पुर्ण लकडाउन छ। यी विषम परिस्थिति बाट दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गर्नेहरु दुई छाक टार्ने अवस्थामा छैन्न ।

कर्जन्हा नगरपालिकाले नगर क्षेत्र भित्र हाल २ थान माक्स र साबुन तथा केही राहत स्वरुप खाद्यान्न वितरण गरेको छ, जो परिवार संख्या अनुसार प्रयाप्त छैन । कोरोना भाइरस रोक्ने उतम उपाय भनेको सामाजिक दुरि कायम गर्नु नै हो । तसर्थ यो लकडाउन अझै बढ्न सकिने देखिन्छ ।

कर्जन्हा नगरपालिका ग्रामीण ईलाका भएको र अधिकान्स जन्ता पशु तथा कृषि पेशामा निर्भर रहेको सन्दर्भमा यो महामारी बाट किसान समेत संकट अवस्थामा छ। यश समस्या समेतलाई मध्य नजर गरि अल्पकालीन र दीर्घकालीन सोचका साथ योजनाबद्ध तरिका बाट अगाडि बढ्न आग्रह गर्दछौ ।

यो महामारी धनीगरिब ,सतापक्ष,प्रतीपक्ष केही चिन्दैन त्यसले कर्जनहा नगरपालिका उदार दिलले सबै राष्ट्रिय मान्यता प्राप्त राजनीतिक पार्टी , नागरिक समाज समेतलाई साथमा लिएर अगाडि बढ्न अनुरोध छ। कर्जन्हा न.पा. र वडाहरुमा पीडित पहिचान र राहत खरिद तथा वितरण प्रक्रियामा देखा परेका गलत प्रक्रियाहरुको बिरोध गर्द्छौ ।

राहत पाउने व्यक्तिहरुको नाम सार्वजनिक गर्नु पर्नेमा गोप्य राख्ने ,आफना नजिक र आसेपासे मात्रले पाउने गरेकोले सो कार्यको घोर भत्सर्ना गर्दछौ । समाजवादी पार्टी जन्ता र समाज प्रती जिम्मेवार रहेको हुँदा समाजवादी पार्टीको सम्पुर्ण नेता कार्याकर्ता कर्जन्हा नगरपालिका सङ सहकार्य गर्न सदैब तत्पर रहेको छ।

Comment


Related News

Latest News

Trending News