अपडेट 
२०७७ बैशाख ९, मंगलवार १४:४०

विराटनगर । उदयपुरको त्रियूगा नगरपालिका – ३ भुल्केस्थित थप आठ जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएको स्थानीय पुरूष रहेका छन् ।

विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

पोजेटिभ देखिएका नमूनालाई थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो । संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी अस्पताल विराटनगर पठाइएको थियो । तीनैमध्ये कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो । उनीहरु सबैलाई उदयपुरबाट एम्बुलेन्समा धरान पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर मगरले जानकारी दिए ।

उनका अनुसार दुईवटा एम्बुलेन्समा राखेर साढे ११ बजे उनीहरुलाई धरान पठाइएको बताए । ‘धरान पढाएको सबै पुरुष हुन्,’ एसपी मगरले भने,’ एम्बुलेन्समा पठाएको भुल्केका स्थानिय हुन् । स्वास्थ्य कार्यालयबाट धरान पठाउने व्यवस्था गरिदिनुप¥यो भनेपछि हामीले पठाएको हो ।’ यसअघि संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन् ।

Comment


Related News

Latest News

Trending News