Warning: Trying to access array offset on false in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख ९, मंगलवार १६:१८

काठमाडौं । नेपाली सेनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नियन्त्रण तथा रोकथामको लागि चीनबाट ३ सय ४१ टन मेडिकल सामग्री ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

कूल १ करोड ८४ लाख ४१ हजार ७ सय ६ दशमलव ७ अमेरिकी डलर (करिब २ अर्ब २४ करोड ९८ लाख ८८ हजार १ सय ७४ रुपैयाँ) बराबरका ती सामग्रीमध्ये पहिलो लट एक सातापछि काठमाडौं आइपुग्नेछ।



‘चिनियाँ सरकारी स्वामित्वमा रहेको साइनो फार्म इन्टरनेसनल कर्पोरेसनबाट ३ सय ४१ टन मेडिकल सामग्री खरिद गर्ने सम्झौता भएको छ। अत्यावश्यक सामग्री एक साताभित्र उक्त कम्पनीले ग्वान्जाओमा जम्मा गर्नेछ। त्यसपछि हामी ल्याउनेछौं,’ नेपाली सेनाका प्रवक्ता तथा सहायकरथी विज्ञानदेव पाण्डेले मङ्गलबार आयोजित भिडियो कन्फ्रेन्समा भने।

सैनिक प्रवक्ता पाण्डेले पिपिई, एन ९५ मास्क, परीक्षण किट्स लगायतका अत्यावश्यक सामग्री ग्वान्जाओबाट जहाज चार्टर गरी ल्याइनेछ भने बाँकी सामग्री सडकमार्गबाट तातोपानी नाका हुँदै ल्याइनेछ।

‘ग्वान्जाओबाट ७ दिनमा सडकमार्गबाट सामग्री तातोपानी आउने रहेछ र तातोपानीमा भन्सार क्लियर गर्न २ दिन लाग्छ। यस कारण अत्यावश्यक सामग्री जहाजबाट ल्याउने र बाँकी सामग्री सडकमार्गबाट ल्याउने भन्ने छ,’ उनले भने।

कोरोना भाइरसका कारण परिस्थिति बिग्रिएमा अन्य सामग्री पनि जहाजबाट ल्याउने उनले जानकारी दिए।

अत्यावश्यक सामग्रीहरू दुई लट जहाजमा ल्याइनेछ। एक लटमा नेपाल एयरलाइन्सको वाइडबडीले १८ देखि १९ टन बोक्नसक्ने उनले बताए।

Comment


Related News

Latest News

Trending News